३ जना पक्राउ फिदिमका वनमा आगो छोड्ने,

0 Shares

पाँचथर- फिदिम नगरपालिका ४ र १० का सार्वजनिक तथा नीजी वनमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ की सुकमाया तामाङ, फिदिम–१० की सुजिता खजुम र दिलु खजुम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुमध्ये सुकमाया तामाङले चैत १९ गते आफ्नै बारीमा झिक्रा डढाउन बालेको आगो स्थानीय सिंहदेवी सामुदायिक वनमा सल्केको थियो ।

दुवै ठाउँको आगो स्थानीय प्रहरीले निभाएका थिए । नियन्त्रणपछि सोधपुछका क्रममा उनीहरुले आगो सल्काएको खुलेपछि पक्राउ गरी आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी पहिलो चरणमा पाँचथर जिल्ला अदालतबाट ५–५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) बिनालाल साह –(तेली) ले जानकारी दिए ।

सम्बन्धित समाचारसबै