0
Shares
काठमाडौं- शुक्रबार एक विशेष कार्यक्रमकाबिच उक्त सेवाको समुद्घाटन गरिएको हो ।
राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठ काठमाडौंको सेवा शुक्रबार समुद्घाटन गरिएको छ ।
उक्त सेवा कार्यक्रमको समुद्घाटनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रूपमा विकास गर्न स्थानीयहरूको धेरै ठुलो भूमिका रहने बताएका छन् । उनले आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा पर्यटकहरू उपचार सेवा लिनको निम्ति यहाँ आउने स्थिति बनाउन सबैले प्रयत्न गर्न जरुरी रहेको बताएका हुन् ।