0
Shares
बुटवल- लुम्बिनीमा साढे चार वर्षदेखि थन्किएका विद्युतीय बस र भ्यान एक महिनाभित्र सञ्चालनका लागि उच्च अदालत, तुलसीपुर बुटवल इजलासले परमादेश जारी गरेको छ ।
कानुनी अप्ठ्यारो देखाउँदै लुम्बिनी विकास कोष र यातायात व्यवस्था कार्यालय, बुटवलले दाताले २०७७ मंसिरमा निःशुल्क उपलब्ध गराएका झन्डै ८ करोडका १९ सिट क्षमताका ५ वटा बस र ५ सिट क्षमताका १४ वटा भ्यान अलपत्र छन् ।
बस सञ्चालन नभएपछि बस र भ्यान चार्ज गर्न १३ करोड ९० लाख रुपैयाँ खर्चिएर बनाइएको सोलार प्यानलसहितको चार्जिङ स्टेसन पनि अलपत्र परेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सुनौली नाकाको बेलहिया हुँदै लुम्बिनी आउने पर्यटकका लागि ल्याइएका वातानुकूलित, आकर्षक, सुविधायुक्त र अपांगमैत्री बस–भ्यान लामो समयदेखि सञ्चालन नहुँदा साढे चार वर्षदेखि अलपत्र परेका हुन् ।