0
Shares
सुलीकोट- गोरखा नगरपालिकाको खेल मैदान छेपेटारमा ३ दिनसम्म आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई हराउँदै मेयर कप फुटबलको उपाधी जितेकाे हो ।
प्रतियोगिताको निर्धारित समयमा दुबै वडाले समान १–१ गोल गरेपछि खेल ट्राई बेकरमा गएको थियो । ट्राई बेकरमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई ५–४ गोलको अन्तरले पराजित गर्दै विजेता बनेको छ ।
त्यस्तैगरी वडा नम्बर ९ उपविजेता भएको छ भने वडा नम्बर १० तेस्रो तथा वडा नम्बर ७ चौथो हुन सफल भएको गोरखा नगरपालिकाले जनाएको छ । प्रतियोगितामा वडा नम्बरका ९ का पृथ्वी राना सर्वाधिक गोलकर्ता, वडा नम्बर ३ का प्रमोदजंग कुँबर उत्कृष्ट गोलरक्षक र वडा नम्बर १० का प्रबिन कुमाल प्लेयर अफ टुनामेन्ट घोषित भएको बताइएको छ ।