0
Shares
काठमाडौं । सरकारले गत असार ३१ गते गरेको निर्णयानुसार पहिलो चरणमा प्यारापिट र फ्लडलाइट निमार्णको काम भइरहेको छ ।
त्रिवि क्रिकेट रंगशालाको जिम्मेवारीमा रहेका संघीय सचिवालय निमार्ण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार, तोकिएको मितिभित्रै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
“अहिले फाउन्डेसनको काम भइरहेको छ, यसैकारण यसमा अलि धेरै समय लागेको हो । अहिलेसम्म २५ प्रतिशतभन्दा धेरै काम भएको छ । प्यारापिटतर्फ करिब आठ करोड भुक्तानी भएको छ । अहिले करिब ६ करोडको बिल पेस भएको छ, जुन भुक्तानीको प्रक्रियामा छ । फ्लडलाइटतर्फ सात करोड ९६ लाख खर्च भइसकेको छ,” उनले भने ।