0
Shares
बागलुङ- ताराखोला गाउँपालिका–३ वडा नम्बर ३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृतावस्थामा भेटिएका हुन् ।
भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा गएको टोलीले मृतकको उद्धार गरेको थियो ।