छानबिन र निर्देशन दिँदै लेखा समिति क्षेत्राधिकारबाहिर आईपीओको

0 Shares

काठमाडौं । १२ पुस २०८० मा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीको आईपीओ निष्कासन रोक्न निर्देशन दियो ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले कुनै पनि पब्लिक कम्पनीको आईपीओ निष्कासनमा नेटवर्थको सीमा उल्लेख गर्दैन, अर्थात् नेटवर्थका कारण बाधा पर्दैन । बोर्डमा आवश्यक कागजातसहित आवेदन माग गर्ने हरेक पब्लिक कम्पनीले सेयर निष्कासन गर्न सक्छन् ।

तर संसदीय समितिले नै निर्देशन दिइसकेपछि नीतिगत व्यवस्था नभए पनि धितोपत्र बोर्डले प्रतिसेयर ९० भन्दा कम नेटवर्थ रहेका कम्पनीलाई सेयर निष्कासनको स्वीकृति दिएन ।

सम्बन्धित समाचारसबै