0
Shares
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता दक्षिण–पूर्वी एशियाली मुलुकहरूको भ्रमणमा जाँदै छन्।
अमेरिकाले बढाएको भन्सार शुल्कको चपेटासँग जुधिरहेको बेला चिनियाँ राष्ट्रपतिले यी देशहरू भ्रमण गर्न लागेका हुन् ।
ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सी १४ देखि १८ अप्रिलसम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमणमा रहनेछन्।