भलिबल रेफ्री तालिम ८ जिल्लाका ४१ जनालाई

0 Shares

मकवानपुर — जिल्ला भलिबल संघ मकवानपुरको आयोजनामा जिल्लास्तरीय भलिबल रेफ्री तालिम सम्पन्न भएको छ । शनिबारदेखि आजसम्म हेटौंडा-४ स्थित हुप्रचौरमा भएको तालिममा ८ जिल्लाका ४१ जना सभागी थिए । जसमध्ये ७ जना महिला रहेका थिए ।

मकवानपुरसहित, बारा, पश्चिम रुकुम, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, बैतडी र दोलखाका पूर्वभलिबल खेलाडी तालिममा सहभागी थिए ।

सहभागीहरुलाई अन्तराष्ट्रिय रेफ्री विजयकृष्ण बाधेले भलिबलको आधारभूत तालिम प्रदान गरेका थिए ।

सम्बन्धित समाचारसबै