0
Shares
काठमाडौं । यही वैशाख महिनामा संघीय अस्पतालमा सुरु गर्न लागिएका सेवाहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या प्रदीप मन्त्री पौडेलको नीति अन्तर्गत वैशाख महिनामा थप तथा विस्तार गरिने १५ सेवाको सूची सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
सार्वजनिक गरिएको सूचीअनुसार चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा थप गरिने भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ ।नेपालगन्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ।