‘भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप’ बाजुराको गौमुल गाउँपलिकामा सम्पन्न’ मातृत्व जोगाउने अभियान,

0 Shares

बाजुरा-  कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले संचालन गरेको ‘भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप’ नामक अभियान सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सम्पन्न भएको छ।

बैशाख ०५ गतेदेखि सुरु भएको यो अभियान बैशाख ११ गते एक औपचारिक कार्यक्रम बिच सम्पन्न भएको हो।

अभियानको औपचारिक शुभारम्भ भने चैत्र २६ गते बडीगाड गाउँपालिका, बागलुङमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस पश्चात अभियान रुकुम पूर्व हुँदै बाजुराको गौमुल गाउँपालिकातर्फ प्रस्थान गरेको थियो।

गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण र  गठन, स्वास्थ्य  गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका  ३९९ घरधुरीमा  स्वास्थ सचेतना संचालन गरिएको थियो।गौमुल गाउँपालिका स्तरीय किशोरी समूह निशा वि.कको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको छ।

सम्बन्धित समाचारसबै