आज आईपीएल क्रिकेटमा कोलकाता र पञ्जाबको खेल

0 Shares

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्स खेल्दैछन् ।

यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

पञ्जाब ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ ।

हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हरायो । नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई ४ अङ्कसहित पुछारमा छ ।

हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचारसबै