स्वास्थ्य मन्त्री पौडेल: तिनै तहका सरकार मिलेर काम गरे मात्र प्रभावकारी नतिजा ल्याउन सकिन्छ

0 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तिनै तहका सरकार मिलेर काम गरे मात्र प्रभावकारी नतिजा ल्याउन सकिने बताए ।

उनले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य समन्वय समितिको तेस्राे बैठकमा उक्त भनाई राखेका हुन् । तीन तहको सरकारको समन्वय नहुँदा सबैले गरेका काम दोहोरिनुका साथै काम गर्ने तवर तरिका फरक हुँदा नतिजा राम्रो आउन नसकेको बताए ।

आगामी दिनमा तीनै तहका सरकारले काम नदोहोरिने गरि बजेट निर्धारण गरि हाल देखा परेका स्वास्थ्य समस्याको मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।उनले स्थानीय तह, प्रदेश तथा संघ अन्तर्गतका अस्पतालहरुमा आवश्यकता अनुसारको जनशक्ति र श्रोत साधन पुर्याउन नसकिएको अवस्थामा भएको जनशक्ति, स्रोत, साधनको परिचालन राम्रोसँग गर्ने हो भने अहिलेकै जनशक्ति र श्रोत साधनबाट पनि धेरै काम गर्न सकिने बताए ।

मन्त्री पौडेलले विशिष्टिकृत उपचार सेवा हरेक प्रदेशमा पुर्याउन प्रयास भएको र प्रदेश सरकार र स्थानीय तहबाट पनि उत्तिकै साथ र सहयोगको अपेक्षा गरिएको बताए । उनले भने-क्यान्सर उपचार सेवा, मुटु उपचार र प्रत्यारोपण सेवा क्रमश प्रदेश स्तरमा विस्तार गर्दै गरेकाछौँ ।

सम्बन्धित समाचारसबै