0
Shares
काठमाडौँ – कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।
परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै बोर्डले भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरेको छ ।
पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निर्धारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने पनि स्पष्ट पारेको छ ।
बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवम् सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सरोकारवालाहरुसँग आग्रह पनि गरेको छ ।