१३ वर्ष मुनिका बालबालिका लक्षित गुगलको एआई च्याटबट, पढ्न र नयाँ कुरा सिक्न सघाउने

0 Shares

काठमाडौँ । १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै गुगलले जेमिनाईको नयाँ च्याटबट सार्वजनिक गरेको छ ।

एआईको प्रयोगबाट कोहि पनि बन्चित हुनुहुँदैन भन्दै कम्पनीले नाबालिक उमेर समूहका लागि नयाँ च्याटबट तयार गरेको हो । अभिभावकको निगरानीमा बालबालिकाले जेमिनाईको यो च्याटबट नयाँ कुरा सिक्न वा आफ्नो गृहकार्य सकाउन प्रयोग गर्न सक्ने छन् ।

यसलाई व्यवस्थित गर्नका लागि ‘फ्यामिली लिङ्क’ भन्ने फिचर उपलब्ध गराइएको छ । गुगलले अभिभावकहरूलाई पठाएको इमेलमा जेमिनाई प्रयोग गरेर बालबालिकाले “नजानेका विभिन्न प्रश्न सोध्न, गृहकार्यका लागि सहायता लिन र रमाइला बालकथाहरू तयार गर्न सक्ने” उल्लेख गरिएको छ। नाबालक प्रयोगकर्ता लक्षित उक्त फिचर पूर्ण रुपमा सुरक्षित रहेको र आपत्तिजनक वा असुरक्षित सामग्रीबाट बालबालिकालाई जोगाउने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारसबै