कोशी टप्पुमा पर्यटकको संख्या वृद्धि

0 Shares

काठमाण्डौ –  अर्ना र चराका लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ ।

विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक संख्या वृद्धि भएको हो । गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २१० पर्यटकले आरक्षको भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत भुपेन्द्रसाद यादवले जानकारी दिए ।

यादवका अनुसार पर्यटकको संख्याबाट आरक्षमा २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व संकलन भएको छ । हिउँदको सुरुवातदेखि पर्यटकको संख्या वृद्धि भएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताए ।

आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खँरै हुर्कँदै गरेका गैँडा, र साइबेरियालगायतका देशबाट आउने पाहुना चरा हेर्न तथा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ । आरक्षमा ५२० प्रजातिका चराको वास स्थान छ ।

सम्बन्धित समाचारसबै