0
Shares
देवानगञ्ज ।“बेटी बचाउ, बेटी पढाउ” अभियान अन्तर्गत देवानगञ्ज गाउँपालिका वडा नं. ५ कार्यालयले कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्ना भएका ६३ जना छात्राहरूलाई साइकल वितरण गरेको छ। छात्राहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले कार्यक्रम सम्पन्न
वडा कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहता र वडा नं. ५ का अध्यक्ष मनाेज कुमार मण्डलले संयुक्त रूपमा छात्राहरूमाझ साइकल वितरण गर्नुभयो।
वडा अध्यक्ष मण्डलका अनुसार, “साइकल वितरणले छात्राहरूलाई विद्यालय आउ-जाउमा सजिलो हुनुका साथै शिक्षाप्रति प्रेरणा र उत्साह मिल्ने विश्वास गरिएको छ। कुनै पनि पार्टी र राजनीतिक पंक्तिलाई प्राथमिकता नदिई, कक्षा ८ पास गरेका सबै छात्रालाई साइकल प्रदान गरिएको हो।”