नेपालमा सुरु गर्‍यो ‘फ्यामिली पेयरिङ’ फिचर, टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि

0 Shares

काठमाडौं । टिकटकले नेपालमा आफ्ना कलिला युजरहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ।

यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउंटलाई आफ्नो एकाउंटसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्नेछ। यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको “सेटिङ्स एण्ड प्राइभेसी” मेनुमा गएर QR कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ। एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन्।

सम्बन्धित समाचारसबै