काठमाडौं ।भारतको जम्मू-कस्मिरस्थित पहलगाममा भएको आतंकवादी हमला पछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतलेआइतबार बिहानदेखि चेनब नदीमार्फत सीमापार जाने पानीको प्रवाह लगभग ९० प्रतिशतले पूर्ण रूपमा रोकेको छ।
आइतबार बिहानदेखि पानीको प्रवाह सामान्यभन्दा लगभग ९० प्रतिशतले घटाइएको आरोप पाकिस्तानको इन्डस (सिन्धु) रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले लगाएका भनेर ब्लुमबर्गले लेखेको छ। भारतीय संचार माध्यमहरूले पनि आतंकवादी हमलाको बदलामा भारतले पानीको माध्यमबाट प्रहार गरेको बताएका छन्।
भारतले सामान्यतया बिजुली उत्पादनका लागि दैनिक केही पानी रोक्ने गरेको तर केही घण्टा पछि फेरि छोड्ने गरेको बताउँदै रानाले पछिल्लो कदम अभूतपूर्व भएको बताएका छन्। भारतको यो कदम अघि पनि पाकिस्तानले खेतमा पानीको आपूर्ति दुई महिनासम्म करिब २० प्रतिशतले घट्ने अपेक्षा गरेको रानाले जानकारी दिए।