कांग्रेसको बुढानीलकण्ठमा पदाधिकारी बैठक

0 Shares

काठमाडौं : नेपाली कांग्रेसको बुढानीलकण्ठस्थित  देउवा निवासमा आज बिहान समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक जारी रहेको छ।

बिहीबार बेलुका मन्त्रिपरिषद् बैठक अगाडि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए।

उनीहरूबीच समसामयिक राजनीति र राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफल भएको स्रोतको भनाइ छ। तर मन्त्रिपरिषद् बैठकमा गभर्नरको विषयमाथि छलफल भने नभएको एक मन्त्रीले जानकारी दिए।

सम्बन्धित समाचारसबै