क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया बिर्तामोडमा

0 Shares

बिर्तामोड । बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ|

कम्पनीका अनुसार नयाँ क्रेटा ईभी (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ ।

कम्पनीका अनुसार हुन्डाईका ग्राहकहरूले ईभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउने छन् । यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ ।

यसै अभियानअन्तर्गत कम्पनीले बिहीबार बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

सम्बन्धित समाचारसबै