0
Shares
सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको रकमसहित बिहीबार साँझ पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम मलंगवाबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नम्बरको मोटरसाइकल शंका लागेपछि गोरखकाली प्रहरी चौकीअगाडि जाँच गर्दा लुकाई राखिएको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपैयाँसहित मोटरसाइकलमा सवार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध रकमसहित पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ का २३ वर्षीय इन्द्रबहादुर कार्की, २८ वर्षीय कमल दर्लामी, ३४ वर्षीय सन्जिव तामाङ, २५ वर्षीय लेखबहादुर दर्लामी र लालबन्दी नगर