रिडारा आरडी६ पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

0 Shares

काठमाडौं– नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘इभोल्भ टु रिडारा एक्सचेन्ज’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित ईभी पिकअप रिडारा आरडी६ केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्। यो योजनाले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने कम्पनीको विश्वास छ।

गिली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सीजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिडारा दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ।

नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिडारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७ वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचारसबै