फोहोरबाट टायल फोहोरबाट टायल उत्पादन

0 Shares

काठमाडौँ – राप्ती गाउँपालिका–२, पुण्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन सुरु गरिएको हो ।

प्लास्टिकजन्य फोहोरलाई मोहर बनाउने गाउँपालिकाको अभियान अन्तर्गत इको फ्यामिली प्रालि हेटौँडासँगको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन गर्न थालिएको छ । फोहोरलाई व्यवस्थापन गरेर गल्ने फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामाग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताउनुहुन्छ ।

चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्खालगायतका प्लास्टिकबाट टायल, इन्टरलक इँटा, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षणका रूपमा उत्पादन गरिसकेका छौँ । उत्पादन राम्रो निस्किएको छ तर प्लास्टिकलाई पगालेर गोलो बनाउने मेसिन अझै आइनपुग्दा नियमित उत्पादन गर्न सकेका छैनौँ । चाँडै काम गर्नका लागि एग्लो मेसिन आउँँदै छ । उक्त मेसिन आइपुग्यो भने नियमित उत्पादन हुन्छ ।”

सम्बन्धित समाचारसबै