धनकुटामा जंगली च्याउ खाएर दुई जनाको मृत्यु

0 Shares

धनकुटामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेको प्रहरीले जनाएको छ ।

गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । आमा मुनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

प्रतिष्ठानमा गम्भीर अवस्थामा उपचाररत बालक सचिनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनको आईसीयुमा राखेर उपचार भइरहेको अवस्थामा बिहान साढे २ बजे बजे मृत्यु भएको कोइरालाले बताए ।

सम्बन्धित समाचारसबै