सांसद खड्का: आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ

0 Shares

काठमाडौं: आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खड्काले विदेशी मुद्रा भित्र्याउने सम्भावना रहेको भन्दै यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।

उनले आइटीले युवालाई रोजगारी मात्रै नदिएको बताउँदै यसले विदेशी मुद्रा आर्जन गर्नुको साथै मुलुकको अर्थतन्त्रलाई सफल र सुदृढ बनाउन सक्ने बताए।

उनले यो क्षेत्रलाई यसै वर्षदेखि विशेष सहुलियत दिनुपर्ने र त्यो दायित्व सरकारले पूरा गर्नुपर्ने बताए। सन् २०२४ मा करिब ३० हजार भन्दा बढी नेपाली युवाहरूले डीजिटल स्किलमा अनलाइन सर्टिफिकेट प्राप्त गरेको उनको भनाइ छ।

 

सम्बन्धित समाचारसबै