नयाँ रंग पत्ता लगाएको वैज्ञानिकको दाबी, नाम दिए ‘ओलो’

0 Shares

काठमाडौं –वैज्ञानिकहरूको एउटा टोलीले यसअघि मानिसहरूले कहिल्यै नदेखेको एउटा नयाँ रङ्ग पत्ता लगाएको दाबी गरेको छ।

उक्त नयाँ अनुसन्धानमा अमेरिकी अनुसन्धानकर्ताहरूले आफ्ना आँखामा ‘लेजर पल्स’ पठाएर परीक्षण गरेकेका थिए।

‘रेटिना’ अर्थात् आँखाको पर्दाका विशेष कोषहरूलाई उत्तेजित पार्दा सहभागीहरूले नयाँ प्रकारको नीलो-हरियोजस्तो रङ्ग देखा परेको अनुभूति गरेका छन्।

उक्त रङ्गलाई वैज्ञानिकहरूले “ओलो” (olo) नामकरण गरेका छन्। यद्यपि केही विज्ञहरूले त्यो रङ्ग नयाँ हो कि हैन भनेर निष्कर्षमा पुग्न अझै “व्यापक छलफल” आवश्यकता भएको औँल्याएका छन्।

सम्बन्धित समाचारसबै