किन ठुला सामाजिक सञ्जालहरू नेपालमा दर्ता गर्न आनाकानी गर्छन ?

0 Shares

काठमाडौँ ।​ नेपाल सरकारको आग्रहलाई बेवास्ता गर्दै अधिकांश ठुला सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा सूचीकृत हुन आनाकानी गरिरहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७८ मंसिर १५ गतेदेखि दर्ताका लागि आह्वान गरे पनि झन्डै दुई वर्षको अवधिमा जम्मा चार ओटा प्लेटफर्म सूचीकृत भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न सार्वजनिक कार्यक्रममा सामाजिक सञ्जालहरू सरकारको आग्रहलाई निरन्तर बेवास्ता गरिरहेको उल्लेख गर्दै आएका छन् । मन्त्री गुरुङका अनुसार मन्त्रालयले पटकपटक सूचना जारी गरेर दर्ता हुन आग्रह गर्दा पनि मेटा, एक्स, लिङ्क्डइन जस्ता प्रमुख प्लेटफर्महरूले दर्ता गर्न चासो देखाएका छैनन् ।

सम्बन्धित समाचारसबै