सौर्य आँधीका कारण पृथ्वीमा विद्युत् आपूर्ति र उपकरण प्रभावित हुने डर

0 Shares

काठमाडौँ। सूर्यबाट यो वर्षको सबैभन्दा ठूलो ‘सोलर फ्लेअर’ अर्थात् सौर्य ज्वाला निस्किएको देखिएको र त्यसको तस्बिर नासाको ‘सोलर डाइन्यामिक्स अब्जर्भेटरी’ले खिचेको अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले बताएको छ।

वैज्ञानिकहरूका अनुसार सूर्यबाट त्यसरी ज्वाला निस्किने क्रम बढेको छ। त्यस्तो “उच्च सक्रियता” देखिँदा सूर्यबाट ‘चार्ज’युक्त कणहरूको निरन्तर प्रवाह हुन्छ र त्यो पृथ्वीसम्म आइपुग्छ।

त्यसलाई ‘सौर्य आँधी’ भनिन्छ।

नासाले यस वर्षको सबैभन्दा ठूलो सौर्य ज्वाला निस्किएको र त्यसको तस्बिर खिचेको जनाएको छ। यस्तो सौर्य गतिविधिले पृथ्वीमा प्रविधिमा अवरोध पुर्‍याउन सक्छ। अन्तरिक्ष यात्रीहरू प्रभावित हुन सक्छन् तर पृथ्वीमा रहेका मानिसहरू सुरक्षित छन्। सौर्य चक्रको उत्कर्षले यस्ता आँधीहरूको सम्भावना बढाउँछ जसले आकाशमा ओरोरा उत्पन्न गर्न सक्छ।

त्यसले पृथ्वीमा प्रयोग हुने प्रविधिलाई हानि पुर्‍याउन सक्छ, कहिलेकाहीँ विद्युत् आपूर्ति नै अवरुद्ध गरिदिन सक्छ।

अन्तरिक्षमा भएका यात्रीहरूमाथि दुष्प्रभाव पर्न सक्छ तर पृथ्वीमा भएका मानिसलाई हानि पुग्दैन।

सम्बन्धित समाचारसबै