करेन्ट लागेर मर्‍यो जंगली हात्ती

0 Shares

काठमाडौं-झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई जंगलमा करेन्ट लागेर एउटा जंगली हात्तीको मृत्यु भएको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, हिजो (सोमबार) राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा तार खसेको र त्यसैको करेन्ट लागेर घटनास्थलमै हात्तीको मृत्यु भएको हो।

हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको पाठकले जानकारी दिए। घटनास्थलमा डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको र थप अनुसन्धान भइरहेको वन अधिकृत पाठकले बताए।

सम्बन्धित समाचारसबै