0
Shares
काठमाडौँ — विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी संघले उपत्यकाका विभिन्न स्थानमा आज विरोध प्रदर्शन गरेको छ।
बानेश्वर, थापाथली, कीर्तिपुर, घण्टाघर लगायत काठमाडौँका विभिन्न क्याम्पसमा शान्तिपूर्ण प्रदर्शन भएको संघले जनाएको छ।
संघले माग सम्बोधन नभए थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने प्रवक्ता सुरज सेजुवालले चेतावनी दिएका छन्।