६१ औं इन्जिनियरिङ्ग दिवसको रौनकता

0 Shares

विराटनगर । इन्जिनियरहरुले देशभर आफ्नो संगाठिक दिवस मनाएका छन् ।यसै गरि विराटनगरमा पनि इन्जिनियरहरुले सो कार्यक्रम आयोजना गरि मनाएका छन् ।

यस अवसरमन इन्जिनियरिङ्ग पेशाको मर्यादा र हकहित संरक्षणका निम्ती संगठित रहेको ‘नेपाल इन्जिनियर्स एशोसिएसन’ ले आफ्नो स्थापना दिवसमा कोशी प्रदेश संगै देशभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
‘आर्थिक उन्नतकिो आधार , प्रविधी र पुर्वाधरा’ भन्ने नाराका साथ मनाइएको यसपालीको इन्जिनियरिङ्ग दिवसको अवसरमा कोशी प्रदेश समितीले एकदिने फुटसल प्रतियोगिता ,रक्तदान , खद्यान वितरण संगै प्रशिक्षण तथा प्रदशर्नी जस्ता कार्यक्रमहरुको आयोजना गरेको एशोसिएसनका प्रदेश कार्यसमितीका सदस्य समेत रहेका कार्यक्रम संयोजक अविनाश ठाकुरले जानकारी दिएका छन् ।

प्रदेशभरी कार्यरत इन्जिनियरहरुको दक्षता अभिबृद्ध संगै पेशा प्रति जवापदेही बनाउन पनि यि कार्यक्रमहरु पैभावकारी हुने एशोसिएसनका प्रदेश सभापती जयनाथ यादवको भनाइ छ । सम्बन्धीत क्षेत्रका आफ्नो वर्ष भरिको अनुभव साटासट गर्न सकिने अभिायले नै भेला आयोजना गरिएको उनको तर्क रहेको छ ।

 

यसले आपसी सद्धाव संगै पेशा प्रतिको विस्वास पैदा गर्नुको साथै जिम्मेदारी बहनमा हौसला प्राप्त हुने उनको अनुमान छ। विभिन्न प्राविधिक विषयक कार्यशाला गोष्ठीहरुको आयोजन वर्षभरि हुने गरेको पनि सभापती यादवले बताए ।
विभिन्न चरणका कार्यक्रम पछि मंगलवार त्रिदिवसीय कार्यकमको समापन गरिएको छ । समापन सभाका प्रमुख अतिथि प्रदेश सरकारका मन्त्री माननीय श्री पैदिप सुनुवार थिए भने प्रदेश सरकारका उच्च पदस्थ कर्मचारी , कलेजका प्राचार्य प्रध्यापक संगै अध्ययन अनुसंधान तथा अध्यापनमा संलग्न इन्जिनियरहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारसबै