बैदैशिक रोजगार त्यागेर स्वदेशमै मनग्य आम्दानि गर्दै गुप्ता दाजुभाई

0 Shares

बैदैशिक रोजगारबाट काम गरेर स्वदेश फर्केका सुनसरीका एक युवा चारवर्ष अघिदेखी आफ्नै घरमा च्याउ खेती गरिरहेका छन् ।
विदेशमा छोटो समयको काम पाईने र त्यसमा पनि जोखिम धेरै हुने भएकाले जेनतेन दुई वर्ष खाडी मुलुकमा बैदेशिक रोजगार गरेर स्वदेश फर्केपछी सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनका रोशन गुप्ता आफ्नै घरमा च्याउ खेती थालेको चार वर्ष पुरा भएको छ ।

विदेशमा पाएको दुखकष्ट आफ्नो घरपरिबारसगैं बस्ने योजनाका साथ गुप्ताले च्याउ खेती थालेको चार वर्ष पुरा भएको हो ।
विदेशमा भन्दा स्वदेशमै घरपरिवारसंग बस्दै काम गर्दै, थोरै लगानीमा थालेको च्याउ खेतीले गुप्ताको दैनिक जिवनशैली र आर्थिक अवस्था समेत फेरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनमा दाजुभाई कृषि फर्म खोलेर रोशन गुप्ताले ४ बर्ष देखि च्याउ खेती गर्दै आएको परिवारका सदस्यले बताएका छन् ।

च्याउ लगाएको २३–३० दिन सम्ममा उत्पादन हुने भएकाले राम्रो आम्दानी गर्न सफल भएको संर्घषशिल युवा कृषि व्यवसाय गुप्ताले बताए। गुप्ताका अनुसार दैनिक कममा ८० केजी र बढीमा १२० केजीसम्म च्याउ उत्पादन गर्दै विक्रि हुदै आएको छ । घरमा परिवारका सदस्यहरु र दाजुभाई मिलेर काम गरेकाले र्फमको नाम समेत दाजुभाई कृषि फर्म राखेको गुप्ताले जानकारी दिए।

गाउँमा उत्पादन भएको च्याउ बिक्रीको लागि बजारको समस्या नभएकाले नगदमै विक्रि हुने र सिजनमा राम्रो आम्दानी हुने गरेको बताए। दाजुभाइ कृषि फर्मले प्रत्येक वर्ष असोजबाट च्याउ खेती सुरु गरी चैतसम्म बर्षेनी ६ महिनासम्म च्याउ लगाउने र त्यसबाट सरदर बार्षिक तीन लाख रुपियाँसम्म आम्दानी गर्दै आएको बताएकाछन ।

आफ्नो र्फममा च्याउका लागि दैनिक ३–४ जनालाई ज्यालादारी रुपमा रोजगार समेत दिदै आएको गुप्ताले जानकारी दिनुभयो । गुप्ता भन्छन, “वैदेशिक रोजगारी भनेपछि मरिहत्ते गर्ने नेपाली युवाहरूका लागि स्वदेशमै केही गर्नुपर्छ, स्देशमै सेवा गर्नुपर्छ भन्ने सन्देश दिन पनि चाहन्छु ।” यही सोचका साथ अहिले गाउँमै च्याउखेती गर्न थालेको गुप्ताले बताए।

विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन र श्रम गर्न सके यहीँ केही गर्न सकिने भन्दै च्याउखेतीमा लागेको गुप्ताको कथन छ । वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरू कोही दुःख पाएर फर्किन्छन् त कोही कमाएर पनि फर्कने गरेका छन् ।

विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने युवाहरूको संख्या भने कमै छ । तर, त्यसमध्येका एक गुप्ता लगायतका केही युवाहरू विदेशमा सिकेको सीपलाई स्वदेशमा सदुपयोग गर्न थालेका छन् । वैदेशिक रोजगारीबाट फर्किनुभएका गुप्ताले चार वर्षदेखी च्याउ खेतीमा व्यस्त बन्नपुगेको बताउनुभयो । गाउँमा परिवारसँगै व्यावसाय गर्ने सोचका साथ गुप्ताले च्याउ खेती रोजेको बताए ।

च्याउ बिक्रीबाट मात्रै मासिक २५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको गुप्ताको भनाइ छ । श्रम र शिपको प्रयोग गरेर गाउँमै व्यवसायीक बन्न सके रोजगारीका लागि भौतारिनुपर्दैन, भन्ने सन्देश गुप्ताले दिएको स्थानीय सुरेन्द्र मेहताको भनाई छ ।

सम्बन्धित समाचारसबै