0
Shares
बिराटनगर, पुरानो गुद्री बजार — आगामी मंसिर १५ गते हुन लागिरहेको नेपाली कम्युनिष्ट पार्टीको प्रदेश भेलालाई सफल बनाउन बिराटनगरको पुरानो गुद्री बजार क्षेत्रका युवानेता तथा अग्रज व्यक्तित्वहरूले आज बैठक बस्दै सल्लाह–सुझाव संकलन गरेका छन्।
बैठकमा भेलामा सहभागी संख्या बढाउने, संगठनलाई मजबुत बनाउने, राजनीतिक एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने, प्रचार–प्रसारलाई तीव्र बनाउने तथा कार्यक्रमलाई सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न गर्ने तयारीबारे विस्तृत छलफल गरिएको सहभागीहरूले जानकारी दिए। साथै स्वयंसेवक व्यवस्थापन र स्थानीय समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ।
यस बैठकलाई प्रदेश भेलाको प्रमुख पूर्वतयारीका रूपमा लिइएको छ। आयोजकका अनुसार आगामी दिनमा थप सुझाव संकलन गर्दै तयारीलाई झनै सुदृढ बनाइनेछ।
Photos : –
