सामाजिक उत्सवहरुमा आर्शिबाद दिन किन्नरहरुको व्यवसायिक टोली

0 Shares

आशिका लम्साल

विराटनगर, २ पुस

समाजिक उत्सवहरुमा घरघरमा पुगेर मनोरन्जन गराउदै आर्शिबाद दिन नायक रागिनी किन्नर (तेस्रो लिङिगी)हरुको टोली व्यवसायिक रुपमा सक्रृय छ । उनको टोली कोशी प्रदेशको झापा , मोरङ र सुनसरीका घरघरमा पुगेर विवाह , जायजन्म, नयाँ घरबास , पसल उदघाटन , आदि समाजिक शुभकार्यहरुमा गीत नृत्य प्रस्तुत गर्दै आर्शिबाद दिदै दानदक्षिणा लिनेगर्छ ।

केही किन्नर (तेस्रो लिंगी) हरु सार्वजनिक स्थानमा गीत गाउँदै ढोल बजाउदै त कोही ताली बजाउदै मागेर जिवन जिउने गर्छन । तर मागेर अपहेलित हुनुभन्दा आगजकल किन्नरहरु व्यवसायिक टोली नै बनाएर घर पसलमा पुगेर मनोरन्जन दिदै आर्शिबाद दिएर दानदक्षिणा लिन थालेका हुन ।

आफुलाई व्यवसायिक बनाउन नायक रागनी किन्नरको टोलीले व्यावसायीक कार्डनै छापेको छ । समाजिक उत्सवहरुमा जाँदा उनीहरु जनसम्पर्क बढाउन आफनो कार्ड पनि बाँडने गर्छन । जसले गर्दा धेरैले उनीहरुलाई समाजिक उत्सवहरुमा भजन किर्तेन गाएर आर्शिबाद दिन बोलाउने पनि गरेका छन ।

सुनसरीको ईटहरी , ईनरुवा , खनार , झापाको दमक , विराटनगर आदि विभिन्न ठाउँमा बसोवास गर्ने उनीहरु घरगाउँ र शहरहरुमा हुने समाजिक उत्सवहरुबारे आआपनmो क्षेत्रमा जानकारी राख्छन । अनि ५ देखी ७ जनाको टोली बनाएर भजनकिर्त र गाना बजाना गदैृ आर्शिबाद दिन बजा सहित घरघरमा पुगनेगर्छन ।

गुन्युचोली , जन्मोत्सव , उदघाटन , घरबास आदि उत्सवहरुमा उनीहरु भजन गाउने गर्छन भने विवाह र वार्षिकीहरुमा दानदक्षिणा दिनेहरुले माग गरे अनुसारका भजन र गीतहरु गाएर पनि उनीहरु ढोल बजाउदै नाच देखाउने गर्छन । यसवाहेक किन्नरहरुको टोलीले साना नानीहरुलाई झारफुक पनि गरिदिनेगर्छन ।

‘हामी कसैलाई पनि करकाप गर्दैनौ । धार्मिक परम्प्परा अनुसार हामीले आर्शिबाद दिएको र झारफुक गरेको फलिफाप हुने विश्वास भएकोले नै हामी परम्परा अनुसार समाजिक उत्वसमा मर्यादित ढंगले मनोरन्जन गराउदै आर्शिबाद दिएर हैसियत अनुसार दिएको दक्षिणा लिनेगरेका छौ’ , नायक रागिनी भन्छन ।

आफनो टोलीमा सबै नेपाली किन्नरहरु मात्रै रहेको र कसैले पनि सार्वजनिक स्थानमा जर्वदस्ती माग्ने काम गर्ने नगरेको नायक रागिनी बताउँछिन । उनी सार्वजनिक यातायात र शहर बजारमा जर्वदस्ती मागेर हिडदा तेस्रो लिंगीहरुप्रति समाजको हेर्ने दृश्टिकोण अझै गलत नै रहेकोले त्यसरी माग्दै हिँडनु गलत हुने मनोरन्जन टोलीमा सक्रृय किन्नरहरु बताउँछन । किन्नरहरुको हेड मानिएकी नायक रागिनी भन्छिन , ‘सार्वजनिक यातायात र शहर बजारमा जर्बदस्ती मागेर हिँडनु गलत हो र ती सबै भारतबाट आएका नक्कली किन्नरहरु हुन हामी जस्ता नेपालीहरु हेइनन ।’,

रागीनीको आर्शिबाद टोलीमा १२ कक्षा सम्म पढेका सुनसरी ,मोरङ र झापाका किन्नरहरु आवद्ध छ । टोलीमा अझै धेरैले नागरिकता पाइसकेका छैनन । जिविको पार्जनका लागि उनीहरु ढोल बजाउदै भजन र गीत गाउँदै नाच्न प्रशिक्षण लिएझै सिपालु छन । ‘समाजमा तेस्रो लिंगी(किन्नर) हरुप्रति हेर्ने गलत दृश्टिकोणलाई सकारात्मक बनाउन पनि हामीले मर्यादित आर्शिबाद दिने टोली बनाएका हौ , हाम्रो टोलीमा कोही पनि गलत भावना भएका साथीहरु छैनन ’, नायक रागिनी भन्छिन ।

सम्बन्धित समाचारसबै