भित्रको खबर संवाददाता
विराटनगर,३ पुस
सत्रुतताको बदला लिन लागु औषध ओसारपसारको प्रहरीलाई झुठो सूचना दिएर पक्राउ गराउन खोज्ने चार जना आफनै पक्राउ परेका छन ।
छोरी नदिएको पुरानो रिसईबीको बदला लिन लागऔषध ओसारप्रसारको झुठो सूचना प्रहरीलाई दिएर ससुरा ज्वाईलाई प्रहरी हिरासतमा थुनाएर जेल पठाउन खोज्ने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरी प््रबक्त्ता डिएसपी कोपिला चुँडालका अनुसार झुठो सूचना दिएर प्रहरीलाई हैरानी र ससुरा ज्वाँईलाई कष्ट दिनेहरु धनपालथान ७ का २७ बर्षिय विशालकुमार सिँह सहित सोही ठाउँका रोशन मण्डल , धनपालथान१ का २८ बर्षिय पारस मण्डल र विराटनगर ९ का २७ बर्षिय राजा धोबी छन ।
पक्राउ परेका उनीहरु मध्ये धनपालथानका विशालकुमार सिँहले आफनो लागु औषध कारोवारी गिरोहसँग मिलेर पुरानो रिसईबीको बदलालिन गत बैसाख २० गतने धनपालथानका ४५ बर्षिय चन्द्रशेखर मण्डको मोटरसाइकलमा लागु पर्दाथ हेरोइन जस्तो देखिने नक्कली सेतो पर्दाथ राखेर अबैध कारोवार गर्ने गरेको झुठो सूचना प्रहरीलाई दिएका थिए ।
सूचनाको आधारमा चेकजाँचमा तत्काल पक्राउ परेका चन्द्रशेखर प्रहरी हिरासतमा बसेर बरामद पर्दाथ हेरोइन नभएको परिक्षणबाट खुलेपछि मात्र अदालतबाट सफाई पाएर छाडिएका थिए । चन्द्रशेखरलाई लागु औषध आरोपमा जेल पठाउने चाहना पुरा नभएपछि सोही गिरोहले फेरि मंसिर २७ गते मोरङ धनपालथान गाउँपािलका १ का २९ बर्षिय राजिव चौधरीलाई खैरो हेरोइन मोटरसाइकलको डिक्कीमा राखेको भनेर प्रहरीलाई झुठो सूचना दिएका थिए ।
तर प्रहरीले खानतलासी गर्दा राजिवको साथबाट केही पनि फेला परेन । त्यसपछि सोधपुछबाट उनी पहिले पक्राउ परेका चन्द्रशेखरको ज्वाई भएको खुलेपछि प्रहरीले अनुसन्धानको सुई सूचना दिनेतर्फ केन्द्रित गरेको थियो ।
दिएको सुचनाको अटोमेटिक फोन रेकर्ड विश्लेषण गर्दा सूचना दिने व्यक्त्तिको भ्वाई र फोन पत्ता लागेपछि प्रहरीले योजनाकार विशालकुमार सहित उनको गिरोहका तीनजना सदस्यलाई पनि पक्राउ गर्न सफल भएको थियो ।
मोरङ प्रहरीले टेलिफोन वा एपमार्फत सूचना दिने वा सोधपुछ गर्ने सबैको भ्वाईस रेडर्क राख्न थालेको छ । मोरङमा झुठो सूचना दिएर आफुलाई बलात्कार गरेको भन्ने झुठो आरोप लगाउने र झुठा अपराधमा फसाउनेहरु पनि बढन थालेका छन ।