नोबेल अस्पतालको पाँचतले भवनबाट खसेका डाक्टरको मृत्यु

0 Shares

भित्रको खबर संबाददाता

विराटनगर, ६ पुस

विराटनगरको कञ्चनबारीमा रहेको नोबेल मेडिकल अस्पतालको पाँचतले भवनबाट खसेर एक जना डाक्टरको मृत्यु भएको छ ।

आज विहान अस्पतालको अग्लो भवनबाट खस्दा सप्तरीको राजविराज नगरपालिका ९ जगदरी घर भएका ईन्टर्न डाक्टर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान साढे छ बजे बजेको नोबेल शिक्षण अस्पतालको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव तल भुइँमा खसेका थिए ।

भवनबाट खस्दा टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि ईमरजेन्सि कक्षमा भर्ना गरिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । डा यादव किन र कसरी छतबाट खसे भन्नेबारे अनुसन्धान भैरहेको मोरंग प्रहरीले बताएको छ ।

सम्बन्धित समाचारसबै