भित्रको खबर
विराटनगर,७ पुस
नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले जेन–जी आन्दोलनपछि उत्पन्न राष्ट्रिय संकटको समाधानका लागि सक्षम राजनीतिक शक्ति निर्माण नै विकल्प भएको बताएका छन ।
उनले समाजिक सञ्जाल फेसबुकमा आफनो धारणा राख्दै नेता गजुरेले दलहरूभित्र मौलाउँदै गएको व्यक्ति–केन्द्रित किचलोको अन्त्य गर्दै विखण्डित कम्युनिस्ट आन्दोलनको एकीकरणको ऐतिहासिक आवश्यकता पुरा गर्न बैकल्पिक शक्त्तिहरु एक भएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको र अझै शक्त्तिहरु थपिनेक्रम जारी रेहको बताएका छन।
नेपाली कम्युनिस्ट आन्दोलन अब केवल संगठनात्मक पुनर्संरचनामा सीमित नरही, नेपाली विशेषतासहितको समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा तय गर्ने निर्णायक मोडमा आइपुगेको छ, नेता गजुरेलले भनेका छन।
जेन–जी आन्दोलन रूसको सन् १९०५ को विद्रोहसँग पूर्ण रूपमा मेल नखाए पनि, नयाँ विश्व परिवेशअनुसारको समाजवादी रूपान्तरणको एक प्रकारको पूर्वाभ्यासका रूपमा बुझिनुपर्ने धारणा अघि सारिएको छ। यहाँ ऐतिहासिक समानताभन्दा पनि आन्दोलनले दिएको राजनीतिक संकेत र सन्देशलाई आत्मसात गर्नु मुख्य चुनौती रहेको बताइन्छ।
–जी आन्दोलनको औपचारिक समर्थन मात्र पर्याप्त छैन। यसको मर्म र भावनालाई व्यवहारमा उतार्नु नै वास्तविक परीक्षा हो। संविधान निर्माणपछिका चरणमा राजकीय जिम्मेवारीमा रहेका नेतृत्वको काम–कारबाहीप्रति जेन–जी पुस्ताले उठाएका गम्भीर प्रश्नलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने आजको आवश्यकता भएको नेता गजुरेलको भनाई छ।
उनले संस्थागत समीक्षा, आत्मालोचना र व्यवहारगत रूपान्तरणसहित नेतृत्वको मूल टिमले जेन–जी पुस्तासँग अन्तरघुलन गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएका छन । त्यागका शाब्दिक नारा र प्रदर्शनमुखी घोषणाले होइन, नीतिगत र विधिगत निर्णयले मात्र पार्टी पंक्ति र समाजलाई उद्देलित गर्न सक्ने निष्कर्ष एकतापछि नेकपाले निकालेको नेता गजुरेलले जानकारी गराएका छन ।
यही अग्निपरीक्षामा खरो उत्रने पार्टी र नेतृत्व मात्र जेन–जी पुस्ताको वास्तविक अभिभावकका रूपमा नेकपा स्थापित नेता गजुरेलको भनाई छ। यसका लागि संसदवादी जडताबाट मुक्त, सिद्धान्तनिष्ठ र इमानदार पार्टी पंक्ति निर्माण अपरिहार्य रहेको उनको धारणा छ ।
दलभित्र चाकरी–चापलुसी र अनावश्यक सत्ता–संघर्षको अन्त्य गर्दै, रचनात्मक सोच, संघर्षशीलता र ऊर्जाशीलताले भरिएका नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउनुपर्नेमा उनले जोड दिएका छन । यही ऊर्जा र प्रतिबद्धताले मात्र पार्टीलाई नयाँ दिशा दिने, समाजमा परिवर्तनको लहर सिर्जना गर्ने र राष्ट्रको समग्र विकासको आधार तयार गर्ने विश्वास व्यक्त गर्न सकिने गजुरेलको धारणा छ ।
आगामी संघीय निर्वाचनका सन्दर्भमा पनि नयाँ अभ्यासको प्रस्ताव नेपाले गरेको र “संक्रमणकालीन विशेष नीति” अन्तर्गत पूर्व प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू प्रत्यक्ष वा समानुपातिक उम्मेदवार नहुने निर्णय उपयुक्त र सम्मानजनक हुने तर्क अघि सारेको बताएका छन। उनले नेता कार्यकर्ताहरु सबैको भूमिका वैचारिक निरन्तरता कायम राख्ने, संगठनात्मक अनुभव हस्तान्तरण गर्ने र संस्थागत स्मृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन ।
संघीय संसदका उम्मेदवारका रूपमा नयाँ अनुहार, नयाँ सोच र नयाँ क्षमताको चयन अनिवार्य भएको गजुरेल बताउँछन । उनले परम्परागत अभ्यासको अन्त्य गर्दै समानुपातिक प्रणालीमार्फत पार्टीभित्र र बाहिरका योग्य, प्रतिबद्ध र जनसरोकारसँग गाँसिएका क्षमताको केन्द्रित चयनमा जोड दिएका छन ।
जेन–जी आन्दोलनले प्रश्न मात्र उठाएको नभई उत्तर खोज्न बाध्य बनाएको उल्लेख गर्दै नेता गजुरेलले अब इतिहास टार्ने होइन, निर्माण गर्ने घडी आएको निष्कर्ष निकालेका छन । उनले भनेका छन , यही नै जेन–जी आन्दोलनप्रतिको सच्चा सम्मान र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको मार्ग हो।,