विराटनगर, ९ पुस
अर्थ , संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री रामेश्वर खनालले तोकिएकै सयममा प्रतिनिधि सभाको डनिर्वाचन सम्पन्न हुने बताएका छन ।
बुधबार विराटनगरमा टे«ड एक्सपोको उदघाटन गर्दै मन्त्री खनालले तोकिएको समय २१ फागुनमा निर्वाचन सम्पन्न भएमात्र उत्पन्न राजनैतिक संकट अन्तहुने भएकोले सरकार निर्वाचन सफल बनाउन अग्रसर भएर लागिपरेको बताएका हुन ।
मन्त्री खनालले तोकिएको समयमा निर्वाचन हुनसक्दैन , सुरक्षाकर्मीहरुको मनोबल गिरेको छ , वतावरण तयार भएको छैन भन्ने केवल हल्लाहरु मात्र हो भन्दै प्रहरीको मनोबल उच्च बनाएर अनुकुल वतावरण सृजना गरि समयमा निर्वाचन गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
तोकिएको समयमा निर्वाचन नभए देश फेरि अनिष्टमा जाने जोखिम उच्च रहेको बताउँदै मन्त्री खनालले भने , ‘ २३ र २४ को घटना हुन्छ भनेर कतै हल्ला भएको थिएन तर भएरै छाडयो यसैले हल्लाकै कारण निर्वाचन रोकिदैन बरु पहिलेकै जस् अवस्था आउनेगरि सरकार चाँहि नचुल्नुहोला ।’
प्राकृतिक कारणले असरपरेमात्र हिमाली जिल्लाका केही निर्वाचन स्थलहरु अन्यत्र सारेर पनि निर्वाचन सम्पन्न गर्ने योजनामा सरकार रहेको मन्त्री खनालले जानकारी गराए । उनले अन्तरिक रुपमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउने तर विदेशमा मतदान गर्ने सुनिश्चिताबारेमा सरकारले अभै तयारी गरिनसकेको बताए ।
आगामी निर्वाचनमा नागरिकहरुलाई ‘नो भोट’ को अधिकार दिलाउन सरकारले सोची रहेको तर यकिन भैनसकेको प्रस्टपारे । मन्त्री खनालले भने , ‘नागरिक सरकारलाई अध्यादेशबाट देश चलाउने लालसा छैन निर्वाचन सम्पन्न भएर देशले नयाँ संसद पाएमात्र स्थिरताका लागि कानुनहरु निर्माण गर्न सकिन्छ ।’
े