YCL जिल्ला सचिव रेहान उत्कृष्ट स-योद्धा समानबाट सम्मानित – BHITRAKOKHABAR –

0 Shares

४ महिने अभियान अन्तर्गत उत्कृष्ट स-योद्धाबाट मो रेहान सम्मानित भएका छन्।
जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कार्य अहिले देश भरि नै चलिरहेको छ।

जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बिराटनगर,वडा न : १ लाइ उत्कृष्ट वडा र मन भित्र माओवादी जगाउन मो रेहान ४ महिना देखि लागिपरेका थिए।
उनले वडा न : १ लाई उत्कृष्ट वडा मात्र बनाएनन उक्त वडामा रहेका कयौ पुराना भट्किएका साथीहरुलाई पुन : माओवादीमै फर्काउन पनि सफल भएका छन्।

रेहान वाई सी एल मोरंग जिल्लाको सचिव समेत रहेका हुन्। रेहानको मिहिनत र पार्टी प्रति रहेको उनको वफादारीलाइ कदर गर्दै उत्कृष्ट स-योद्धा स्वरुप पार्टीले सम्मान गरेका छन्।

माओवादी केन्द्र बिराटनगर महानगर पार्टीले विशेष कार्यक्रम आयोजना गरि पार्टीका केन्द्रिय सचिव तथा पुर्ब मन्त्री चक्रपानी खनाल (बलदेव) ज्यु द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो
कार्यक्रममा पर्यटन वन तथा वातावरण मंत्री गणेश उप्रेती र पुर्व मंत्री  दुर्गा चापागाईं (सचिन ) र पार्टीका अन्य नेतागणहरुको उपस्तिथी समेत रहेको थियो।

सम्बन्धित समाचारसबै