सहिद दिवसको अवसरमा किड्स भिलेज स्कुलमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

0 Shares

विराटनगर । विराटनगर महानगरपालिका- ६ मा अवस्थित किड्स भिलेज स्कुलले आफ्ना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

मंगलबार सहिद दिवसको अवसर पारेर वार्षिक पुरस्कार वितरण कार्यक्रम राखेको किड्स भिलेजले आफ्ना विद्यार्थीलाई सम्मान गरेको हो ।

विद्यालयले नृत्य, गायन, संगीत खेलकुद तथा अन्य अरू अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो ।

यस्ता कार्यक्रमहरूले विद्यार्थी विद्यार्थीबीचमा प्रतिस्पर्धाको भावना अभिवृद्धि गरी भविष्यमा उनीहरूलाई प्रतिस्पर्धी हुन सिकाउने स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले बताए ।

पुरस्कारमा मेडल, ट्रफी तथा प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

सधैँको पढाइबाट दिक्क भएका विद्यार्थीहरूलाई यस्ता कार्यक्रमले उत्प्रेरित गरी पुन पढाइमा केन्द्रित हुन सहयोग पुर्‍याउने स्कुलकी संचालिका निरु पौडेलले बताइन्

सम्बन्धित समाचारसबै