संखुवासभा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

0 Shares

काठमाडौँ । आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७:३१ बजे संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु बनाई ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। नेपालको पूर्वी क्षेत्रमा निरन्तर भूकम्प आइरहेको छ। यसअघि इलाम, ताप्लेजुङसहितका क्षेत्रमा पनि विभिन्न समयमा भूकम्पको धक्का आइरहेको छ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। यद्यपि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचारसबै