मंगलबार सुन चाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलामा ३ हजार ८०० रुपैयाँले महँगियो

0 Shares

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले बढेको हो।

अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार बढेर ३ लाख १७ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्यमा वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढ्दै ५ हजार ७२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ। पछिल्लो समय सुन तथा चाँदीको मूल्य निरन्तर उकालो लाग्दा खरिदकर्तामा समेत प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।

सम्बन्धित समाचारसबै