समानुपातिकमा रास्वपाको ५० लाख मत पार, दुई तिहाइ नजिक

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ।

साढे १० बजेसम्मको मतगणना अद्यावधिक अनुसार रास्वपाले ५० लाख १४ हजार ८९१ मत हासिल गरेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपा समानुपातिकमा पनि ५० लाख मत कटाएसँगै समग्रमा दुई तिहाइ बहुमत नजिक पुगेको छ।

समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एमालेले १४ लाख १३ हजार ६९ मत पाएको छ। चौथो स्थानमा रहेको नेकपाले ७ लाख ६७ हजार ३२७ मत हासिल गरेको छ।

त्यस्तै, पाँचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाएको छ। छैटौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २५ हजार ३७५ मत ल्याउँदै थ्रेसहोल्ड पार गरेको छ।

समानुपातिकतर्फ हालसम्म कुल १ करोड ४ लाख ४३ हजार २७२ मत गणना भइसकेको छ। प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै सार्वजनिक भइसकेको छ।

 

सम्बन्धित समाचारसबै