प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, ४ बजे सिंहदरबारमा बस्ने

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार अपराह्न मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक विषयसँगै सरकारका विभिन्न कामकारबाही तथा निर्णयका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।

यद्यपि, बैठकको एजेन्डाबारे सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

मन्त्रिपरिषद् बैठकमा पछिल्लो अवस्थासँग सम्बन्धित विषयसहित आवश्यक प्रशासनिक तथा नीतिगत निर्णय हुन सक्ने जनाइएको छ।

सम्बन्धित समाचारसबै