सर्वोच्चमा आगलागीको घटना दोहोरियो, मुद्दा फाँटमा क्षति

0 Shares

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ।

नयाँ भवनको भुइँ तलामा रहेको २० र २१ नम्बर मुद्दा फाँटमा बिहान साढे ८ बजेतिर आगो लागेको हो। आगो तत्काल नियन्त्रणमा लिइएको सर्वोच्च अदालतले जनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार आगलागीबाट तीन वटा कम्प्युटर जलेका छन्। उनका अनुसार फाँटमा रहेका कुनै पनि कागजातमा क्षति पुगेको छैन।

प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

तर सर्वोच्च अदालतमा छोटो अवधिमै आगलागीका घटना दोहोरिएका छन्। यसअघि भदौ १७ गते राति सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो।

त्यसअघि गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्चको पुरानो भवनमा आगजनी भएपछि अदालतको कामकारबाही नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ।

सम्बन्धित समाचारसबै