निर्वाचन आयोगद्वारा समानुपातिक सांसदहरूलाई प्रमाणपत्र प्रदान

0 Shares

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपश्चात समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ।

आयोगले आज आफ्नै कार्यालयमा ६ राजनीतिक दलका ११० समानुपातिक सांसदलाई प्रमाणपत्र हस्तान्तरण गर्दै औपचारिक रूपमा उनीहरूको निर्वाचनको मान्यता पुष्टि गरेको हो। आयोगले यसअघि सोमबार ११० जना समानुपातिक सांसदहरूको सूची सार्वजनिक गरेको थियो।

सार्वजनिक विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४–४ जना सांसद निर्वाचित भएका छन्।

निर्वाचन आयोगले निर्वाचित सांसदहरूको सूची राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै आगामी संसद् सञ्चालनका लागि प्रक्रिया अघि बढाउने जनाएको छ।

सम्बन्धित समाचारसबै