न्यायको खोजीमा देशभरका लघुवित्त पीडित काठमाडौँमा | बल्खुदेखि भद्रकालीसम्म प्रदर्शन||

0 Shares

१० साउन, काठमाडौँ ।

आफ्नो दुःख र वित्तीय शोषणको पुनरावेदन बोकेर देशका विभिन्न जिल्लाबाट काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरूले बृहत् ‘राजधानी मार्च’ गरेका छन्। काठमाडौँको बल्खुबाट सुरु भएको उक्त प्रदर्शन भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो।

कडा घाम र पैदल यात्राको पर्वाह नगरी कोही काखमा दूधे बच्चा च्यापेर त कोही बिरामी शरीर लिएरै न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। भद्रकालीमा आयोजित कोणसभालगत्तै उनीहरू सुनधारा क्षेत्रमा पुगेका छन्। आफ्ना मागहरूप्रति राज्य बेखबर बनिरहँदा दूरदराजबाट आएका यी पीडितहरू अहिले सुनधारा आसपासका फल्चा र खुला आकाशमुनि रात बिताउन बाध्य छन्।

सम्बन्धित समाचारसबै