प्रधानमन्त्री बालेन र भारतीय स्थल सेनाध्यक्ष सेठबीच सिंहदरबारमा शिष्टाचार भेट ||

0 Shares

२ भदौ, काठमाडौं ।

प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। उक्त उच्चस्तरीय भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको समेत उपस्थिति रहेको थियो।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्।भ्रमणका क्रममा सोमबार शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा दिने ऐतिहासिक परम्परा रहँदै आएको छ।यसअघि सोमबार नै जङ्गी अड्डामा प्रधान सेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच द्विपक्षीय हित तथा सैन्य सहकार्यका विषयमा भेटवार्ता सम्पन्न भएको थियो।

सम्बन्धित समाचारसबै