राष्ट्रिय मुक्ति पार्टी नेपाल, मोरङ्गको प्रथम जिल्ला कार्य समिति बैठक सम्पन्न

0 Shares

मोरङ्ग, २०८१ माघ २३ – राष्ट्रिय मुक्ति पार्टी नेपाल, मोरङ्गको प्रथम जिल्ला कार्य समिति बैठक बुधबार सम्पन्न भएको छ। बैठकमा पार्टीको अवधारणा, संगठन विस्तार, कार्य योजना तथा नीति निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो।

बैठकको अध्यक्षता जिल्ला संयोजक सत्य नारायण साहले गरेका थिए भने केन्द्रीय सदस्यहरू चन्द्र प्रसाद राजवंशी, कामेश्वर रौनियार, माधव प्रसाद राजवंशी, राजेन्द्र प्रसाद गुप्ता, हिरालाल मण्डल, हेमा शर्मा,राजमणि प्याकुरेल,लक्ष्मीरमन झा, दीपेन्द्र अग्रवाल, पुष्पा साह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। ग्रामथान, धनपालथान, सुनबर्षी नगरपालिकासहित विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरूको सहभागितामा बैठक सम्पन्न भएको हो।

बैठकमा पार्टीको संगठनलाई जिल्लास्तरदेखि स्थानीय तहसम्म सशक्त बनाउने योजना, उत्पीडित वर्गहरूको हकअधिकार प्रवर्द्धन गर्ने नीति, तथा संघीयता र समावेशीकरणलाई थप प्रभावकारी बनाउने कार्ययोजना प्रस्तुत गरिएको थियो। पार्टीले बहुलराष्ट्रिय राज्यको स्थापना, आर्थिक आत्मनिर्भरताको प्रवर्द्धन, र समाजवादी लोकतन्त्रको अभ्यासलाई संस्थागत गर्ने दिशामा आफूहरू अघि बढ्ने निर्णय गरेको छ।

संगठन सुदृढीकरणका लागि जिल्ला समिति, नगर समिति, गाउँपालिका समिति, र वार्ड/इकाई समितिका पदाधिकारीहरूको छनोट आगामी २०८१ फाल्गुन २ गते गर्ने निर्णय बैठकले गरेको छ।

बैठकका अध्यक्ष सत्य नारायण साहले संगठन विस्तारलाई तीव्र बनाउन सबै तहका कार्यकर्ताहरूलाई सक्रिय भएर लाग्न आग्रह गर्दै पार्टीको लक्ष्य प्राप्त गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

बैठक सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै आगामी योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरियो।

सम्बन्धित समाचारसबै